काठमाडौं । आज विभिन्न ४ वटा कम्पनीहरुको साधारणसभा बस्दैछ । आज तीन वटा बीमा कम्पनी र एउटा बैंकको वार्षिक साधारणसभा सम्पन्न हुदै छ ।
आज आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र एनएमबि बैंकको साधारणसभा बस्दैछ ।
आइएमई लाइफले चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश, सानिमा रिलायन्स लाइफले १०.१७८० प्रतिशत नगद लाभांश, आईजीआई प्रुडेन्सियलले ५ प्रतिशत नगद लाभांश र एनएमबि बैंकले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयरको प्रस्ताव सहितका प्रस्ताव पारित गर्ने छन् ।


