CLI

निर्वाचन प्रहरीमा भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाल प्रहरीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने, फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक एवं मानसिक रूपले ठीक रहेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

निर्वाचन प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मी वा वन रक्षक, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीमा २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, यसअघि म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक काम गरेका र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकले प्राथमिकता पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार