RE
Global College

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको दर्नाल र केसी पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनमोल दर्नालमाथि बैंकिङ्ग कसुर मुद्दामा १ महिना १० दिन कैद र ४४ लाख ६३ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। त्यसैगरी रवीन्द्र केसीमाथि चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौँडा पेश गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

NECO

Leave Your Comment

Related News