काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा यही मिति २०८२ पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाण्डौंमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।
एनएमबि बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।


