CLI

५ महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

काठमाडौं ।नेपाल राष्ट्र बैंकले पछिल्लो पाँच महिनामा करिब पौने ९ खर्ब विप्रेषण (रेमिटेन्स) भित्रिएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४७ प्रतिशतले बढेको थियो । २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह रु १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु १ खर्ब १८ अर्ब ७९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३।४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय ( खुद ट्रान्सफर) रु ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ७ खर्ब अर्ब ४३ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९ संस्थागत तथा व्यक्तिगत ( नयाँ ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ,५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार