CLI

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।  आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

चाँदी भने २०५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ  । बजारमा चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार