CLI

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभूत सेयरधनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तक्र्रिया तथा पुनर्ताजकी कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीका अनुसार आइतबारका दिन लाजिम्पाटस्थित होटेल ¥याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरू तथा संस्थापक सेयरधनीहरूसहित करिब ६० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्रोत व्यक्तिको रूपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धीकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक सेयरधनीहरू, सञ्चालक समितिका सदस्यहरू र कम्पनीको उच्च व्यवस्थापकहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा उपस्थित केही संस्थापक सेयरधनीहरूले आ–आफ्नो धारणा तथा जिज्ञासा राखेका थिए ।

Leave Your Comment

Related News