CLI

जेनजी आन्दोलनको क्रममा सार्वजनिक संस्थानमा करिब १ अर्बको क्षति, अन्यमा कति ?

काठमाडौं । भदौ २३ को आन्दोलन र २४ को भोलिपल्ट भएको विध्वंसका कारण सार्वजनिक संस्थानमा करिब १ अर्बको क्षति भएको छ ।
आन्दोलनपछि सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुननिर्मण योजना तयार गर्न गठित समितिका अनुसार आन्दोलनको नाममा सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका रू. ९५ करोड ६२ लाख बराबरको सम्पत्तिको क्षति भएको छ । सार्वजनिक संस्थानमा भएको कुल क्षति रकम मध्ये भवन तर्फ ४३.१ प्रतिशत, सवारी साधन तर्फ १६.१ प्रतिशत, अन्य भौतिक सम्पत्ति तर्फ ३७.४ प्रतिशत र अन्यमा ३.३ प्रतिशत रहेको छ ।

समितिका अनुसार निजी तथा सामुदायिक क्षेत्रमा साढे ३३ अर्ब र निजी प्रतिष्ठानतर्फ साढे २७ अर्ब क्षति भएको छ ।
निजी तथा सामुदायिक क्षेत्रमा भएको क्षति अनुसार निजी प्रतिष्ठान तथा घर परिवारमा कुल क्षति रकम रू. ३३ अर्ब ५४ करोड ८७ लाख रहेको छ । साथै सामुदायिक तथा अन्य क्षेत्रमा रू. ५ अर्ब ९७ करोड १७ लाख बराबर क्षति भएको छ ।

निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवम् अस्थायी सम्पत्तिमा भने रू. २७ अर्ब ४९ करोड ३ लाख बराबरको क्षति भएको छ । जुन निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षति रकमको ६९.८ प्रतिशत हो । यस क्षेत्रले व्यहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षतिको अंश सबैभन्दा ठूलो (४५.२ प्रतिशत) रहेको छ । त्यसपछि अन्य भौतिक सम्पत्तिको क्षति २७.४ प्रतिशत, अस्थायी सम्पत्ति तथा अन्य निजी सम्पत्तिको २१.७ प्रतिशत र सवारी साधनको क्षति ३.४ प्रतिशत रहेको छ । समग्र रूपमा हेर्दा क्षतिको भार भवन तथा स्थायी सम्पत्तिमा बढी रहेकाले उत्पादन, सेवा र रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

Leave Your Comment

Related News