CLI

कांग्रेस विशेष महाधिवेशनः आज ८ बजेदेखि उम्मेदवारी मनोनयन हुँदै

काठमाडौं । पुस २७ गतेदेखि काठमाडौँमा जारी नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशनमा आज उम्मेदवारी दर्ताको तालिका तोकिएको छ ।

बिहान ८ बजेदेखि ९ बजेसम्मका लागि उम्मेदवारी दर्ताको तालिका रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए । बन्दसत्रबाट गठन गरिएको केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

यसअघि मंगलबार साँझको बन्दसत्र दुई प्रतिवेदन पारित गर्दै सकिएको थियो । मंगलबार साँझसम्म सञ्चालन भएको बन्दसत्रले महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको साङ्गठनिक प्रतिवेदन पारित गरेको छ ।

Leave Your Comment

Related News