काठमाडौं । नेपाली कांग्रेलले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुवै महामन्त्रीलाई निष्कासन गर्ने निर्णय गरेको छ। कांग्रेसले दुवै महामन्त्रीसँगै सह-महामन्त्री फर्मूल्लाह मंसूरलाई पनि कारबाही गरेको छ।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए । तर, थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नै पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो । उनीहरूले उक्त निर्णयमा फरक मत राखेका थिए ।


