काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी संचालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा प्रधान कार्यालय न्यूरोड–०८ पोखरामा सभा सम्पन्न भएको हो ।
तेश्रोे वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कम्पनीको तेश्रोे वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले पेश गरेको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१–०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु पारित गर्ने प्रस्तावहरु उपर छलफल गरी पारित गरिएको छ ।
त्यसै गरी आर्थिक वर्ष २०८२–०८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तथा संचालक समितिबाट सिफारिश भै आएको आर्थिक वर्ष ०८१–०८२ मा लाभांश वितरण नगर्ने प्रस्ताव समेत सर्व सम्मतिले पारित भएको छ ।
त्यसै गरी विशेष प्रस्तावहरु अन्तर्गत संचालक समिति र उप–समितिहरुको बैठक भत्ता तथा आ.व.०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्चहरु अनुमोदन गर्ने प्रस्तावहरु समेत सर्वसम्मतिले परित भएको छ ।


