काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)बीच एकता गर्दै घिसिङले केही समय अघि करिव १२ दिन आफूहरु दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् ।
अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफुहरुका लागि निकै कठिन भएको उनको भनाइ छ । घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे ।
उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उहाले अरु सवै पार्टी पुरानो भइसकेको धारणा राखे । जेनजी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए । कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)का अध्यक्ष राजेश पोर्तेलबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो ।


