CLI

नेपाली कांग्रेसमा आधिकारिकता विवाद, देउवा पक्ष आयोग पुग्यो

काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद निर्वाचन आयोगसम्म पुगेको छ । शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू नै पार्टीको वैधानिक नेतृत्व भएको दाबी गर्दै आयोगमा निवेदन दर्ता गराएको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय समितिका बहुमत सदस्य आयोगमा उपस्थित भई पार्टी विधानअनुसार विशेष महाधिवेशन नबोलाइएको र गगन थापाको नेतृत्वमा गठन गरिएको समिति गैरकानुनी रहेको दाबी गरेका छन् ।

आयोगसमक्ष पेश भएको निवेदनमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग रहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग विवादको शीघ्र निरुपणको माग गरिएको छ ।

यता, विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले भने यसअघि नै आफूलाई आधिकारिक ठहर गर्दै आयोगमा अद्यावधिकका लागि निवेदन दिइसकेको छ, जसले कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ ।

Leave Your Comment

Related News