काठमाडौं । सुपरमाई हाइड्रोपावरको स्थानीय बासिन्दा, संस्थापक सेयरधनी तथा कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी फागुन ४ गते सकिने भएको छ । कम्पनीको कुल ४८ लाख २५ हजार ७०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
हाल संस्थापक समूहको ४२ लाख ८० हजार कित्ता सेयर, स्थानीयको ५ लाख ३५ कित्ता र कर्मचारीहरुको १० हजार ७०० कित्ता सेयर लकइनमा रहेको छ । यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् । नियम अनुसार आइपीओ बिक्रीपछि यी समूहका सेयर ३ वर्षका लागि लकइन राख्नु पर्ने व्यवस्था गरिएको छ ।


