काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसर सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार थियो ।
चाँदी भने २० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँ थियो ।


