मर्जरसँगै जाल्पा र किसान लघुवित्तको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरसँगै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का राखेको छ ।
जाल्पा र किसान  एक आपसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममाबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति प्राप्त गरेको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ मा भएको व्यवस्था बमोजिम हुने गरी संस्थाको शेयर कारोबार रोक्का राखिएको हो ।
राष्ट्र बैंकले गत जेठ २९ गते एकीकृत कारोबार स्वीकृतिको लागि अनुमति दिइएको हो । मातृभूमिको ११७ औं बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार शुभाराम्भ गर्ने निर्णय गरेको छ ।

बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।  कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा रहने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार