CLI

झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।उनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन् । रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

सयौँ समर्थकका साथमा उनी मंगलबार निर्वाचन कार्यालय पुगेका थिए । समर्थकहरूले नाराबाजी र झाँकीसहित उनलाई निर्वाचन कार्यालयसम्म पुर्‍याएका थिए । झापा–५ मा उनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेका बालेन र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच झापा-५ मा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नेकपाले भने झापा-५ मा पूर्वविद्यार्थी नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

Leave Your Comment

Related News