काठमाडौं । धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ता गराएका छन् । साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।


