काठमाडौं । विगतमा गुन्डागर्दी र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ संसदीय राजनीतिको मैदानमा उत्रिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेको टिकट लिएर चुनावी दौडमा होमिएका गुरुङको प्रस्तावकमा प्रेम गुरुङ र समर्थकमा बाबुराम थापा रहेका छन्। सोही क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।


