कञ्चनपुर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि पनि बढ्न थालेका छन् ।
मनोनयनपछि मुख्य राजनीतिक दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र रोजगारीलाई केन्द्रमा राखेर मतदातामाझ पुग्न थालेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले आ–आफ्ना राजनीतिक दृष्टिकोणसहित पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, बेरोजगारी न्यूनीकरण र राष्ट्रिय हितका विषयलाई प्रमुख चुनावी विषय बनाएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीकी नेत्री बिना मगर मनोनयन दर्ता गराएकी छन् भने क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता एनपी साउद र नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तबिच प्रतिस्पर्धा हुँदैछ ।


