काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भएको छ । कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरेपश्चात अब सर्वसाधारणमा जारी गर्न लागेको हो ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितका लागि ६ लाख ८९ हजार ६७५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ६८ लाख ९७६ कित्ता बाँडफाँड गरिसकेको छ ।
कम्पनीले अब बाँकी सेयरमध्ये १३ हजार ७९३ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन माघ २१ गतेसम्म मात्रै दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।


