RE
Global College

महिला काण्डमा फस्दैनन्, मुख्य सचिव महिला चाहियोः सांसद रञ्जुकुमारी झा

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मुख्य सचिवको रुपमा महिला हुनु पर्ने बताएकी छिन् । संसदमा मंगलरबार सांसद झाले हाल कामु मुख्य सचिवको रुपमा महिला (लीलादेवी गड्तौला) पठाइएकाले उहाँले सोही पदमा कायम गर्न माग गरेकी हुन्।

‘महिला आन्दोलनको उपलब्धिको रुपमा राष्ट्रपति महिला, सभामुख महिला, प्रधानन्यायाधिशको रुपमा महिलालाई देखे । अब मुख्य सचिवमा महिलाको पालो छ,’ उनले भनिन्, ‘प्रशासनिक तन्त्रको प्रमुखको अहिले कामु महिला जानु भएको उहाँलाई नियुक्ती गर्न आग्रह गर्छु।’

निर्वतमान मुख्य सचिव काण्डमा फसेका छन्। कम्तीमा महिला काण्डमा फस्दैन। महिलालाई मुख्य सचिवको रुपमा हेर्न पाउँ भन्ने उनको माग छ। निवर्तमान मुख्य सचिव बैकुण्ठ अर्याल भष्ट्राचारको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन् । उनको स्थानमा सरकारले मन्त्रिपरिषद्का सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवको रुपमा नियुक्त गरेको छ।

 

NECO

Leave Your Comment

Related News