काठमाडौं । आज देशभर श्रद्धा र भक्तिका साथ श्रीमञ्चमी पर्व मनाइँदैछ। ज्ञान, विद्या, कला र संगीतकी देवी सरस्वतीको विशेष पूजा–आराधना गरी यो पर्व मनाउने परम्परा छ। आजको दिनलाई वसन्त ऋतुको आगमनको संकेतको रूपमा पनि लिइन्छ ।
आज विद्यालय, पुस्तकालय, मठमन्दिर तथा घरघरमा सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ। विशेष गरी विद्यार्थीहरूले ज्ञान प्राप्तीको कामना सहित पुस्तक, कापी लगायत शैक्षिक सामग्रीहरूको पूजा गरी आजको पर्व मनाउने चलन रहेको छ ।
धार्मिक विश्वासअनुसार श्रीपञ्चमीका दिन अक्षरारम्भ, अध्ययन आरम्भ तथा शुभ कार्य गर्न उत्तम दिन मानिन्छ। आजका दिन बुबा–आमाहरूले आफ्नो बालबालिकालाई पहिलोपटक अक्षर चिनाउने तथा विद्यालयमा पठाउने पनि चलन बढ्दो छ ।


