CLI

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ।

यस कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त भएकी छिन्। कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी श्री संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त गरिएको छ।

सञ्चालक समितिमा उपर्युक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समितिको अध्यक्षमा दिपक पाण्डेय रहेका छन्। सञ्चालकहरुमा अनिल रेग्मी र प्रसाद जैसवाल तथा स्वतन्त्र सञ्चालकमा महेश प्रसाद र नैना नेपाल ढकाल काफ्ले रहेका छन्।

नवनियुक्त सञ्चालकहरु संजू प्रसाद जैसवाल र नैना नेपाल ढकाललाई यस संस्थामा हार्दिक स्वागत गर्दै बधाई ज्ञापनका साथ सफल कार्यकालको शुभकामना बैंकले व्यक्त गरेको छ।

Leave Your Comment

Related News