CLI

पूर्वऊर्जामन्त्री खड्काले स्काउटलाई तिरेको भाडाको अदालतलाई गराए जानकारी

काठमाडौं । पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गाको भाडा तिरेको छ।

कम्पनीले २०७८ साल भदौ १५ गतेयता ७ करोड ३४ लाख ६० हजार ८१ रुपैयाँ तिरेको काठमाडौं जिल्ला अदालतलाई जबाफ दिएको हो।

कम्पनीले माघ ६ गते काठमाडौं जिल्ला अदालतमा तिरेको रकमको विवरण उपलब्ध गराएको हो।

खड्का ल्यान्डले सरकारलाई आयस्रोतमा करकट्टीमार्फत् (टिडिएस) बापत ९२ लाख ३० हजार ४ सय ८८ रुपैयाँ तिरेको र सुरक्षण धरौटी बापत ६२ लाख २२ हजार ६१० रुपैयाँ जम्मा गरेको पनि अदालतलाई जबाफ दिएको छ।

स्काउटले समितिलाई लेखेको पत्रमा नेपाल स्काउटको एकलौटी भोगाधिकार रहेको काठमाडौं महानगरपालिका साबिक वडा नं ९ (हाल वडा नं २६) लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको तीन रोपनी रैकर जग्गा भोगचलन सम्बन्धमा सांसद खड्का सञ्चालक रहेको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ र स्काउटबीच २०६५ सालमा सम्झौता गरी प्रयोगमा ल्याइएको हो । उक्त सम्झौता अनुरुप खड्कासँग म्याद २०७५ सालमा सकिएको थियो ।

करार अवधि समाप्त भएपछि खड्काको उक्त कम्पनीले कागजपत्र केरमेट गरेर १० वर्षको ठाउँमा १५ वर्ष कायम गरेको र सम्झौतामै नभएको पार्किङलगायत विषय थपेको स्काउटले दाबी गरेको थियो । सोहि विषयमा विवाद हुँदा स्काउट अदालत गएको थिया ।

Leave Your Comment

Related News