CLI

तत्कालीन वडा अध्यक्ष जलालुदिनलाई करिब ७ लाख भ्रष्टचार गरेको आरोप, चार जना विरुद्ध भ्रष्टचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बारा, कलैया उपमहानगरपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसमेत ४ जना विरुद्ध भ्रष्टचार मुद्धा दायर गरिएको छ । अख्तियारले उनीहरुले सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले वडा अध्यक्ष मंसुरलाई ६ लाख ९४ हजार ६५१ रुपैषा ४५ पैसा बिगो र जरिवाना सहित मुद्धा दायर गरेको हो । बाँकी अन्य सदस्यहरुले पनि बिगो र जरिवाना कायम गर्दै मुद्धा दायर गरिएको हो ।

अख्तियारले जिल्ला बारा, साविक भतौडा गा.वि.स. वडा नं. २ को कित्ता नं. २८८ क्षेत्रफल ०–५–१ ऐ.ऐ. कित्ता नं २९० क्षेत्रफल ०–०–१५ जग्गा मालपोत कार्यालय बाराबाट मिति २०७४ कार्तिक २६ मा र.नं.३९२८।१ रजिष्ट्रेशन लिखित पारित गर्ने क्रममा उक्त जग्गामा कम्पाउन्ड वाल सहितको पक्की घर टहरा र उक्त जग्गा वीरगञ्ज कलैया हुलाकी सडकमा भएकोमा बाटोसँग नजोडिएको र घर नभएको भनी सिफारिस गराई राजस्व छली गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा वडा अध्यक्ष मंसुर सहित चार जना विरुद्ध सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार पारेको अख्तियारले फेला पारेको छ ।

Leave Your Comment

Related News