CLI

सूचीकृत २९ वटा कम्पनीको सेयर ‘५२ हप्ता’कै उच्च मूल्य नजिक, कुन-कुन हुन् ?

काठमाडौं । नेप्सेमा सूचीकृत २९ वटा कम्पनीहरुको बजार भाउ ५२ हप्ताकै उच्च विन्दु अर्थात, ‘५२ विक हाई’को एरिया नजिक पुगेका छन् । जसमध्ये ६ वटाको सेयर भाउ ५२ हप्ताकै उच्च रहेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, बन्दीपुर केबलकार, माबिलुङ, युनाइटेड मोदी र आँखुखोला जलविद्युत कम्पनीको बजार भाउ भने ५२ हप्ताकै उच्च छ ।

सेयर मूल्य अत्यधिक बढ्नेमा हालसालै सूचीकृत भएका नयाँ कम्पनीहरु रहेका छन् । दरम खोलाको सेयर भाउ पनि ५२ हप्ताको हाई भन्दा मात्रै १.७३ प्रतिशत मात्र कम छ । सेयर स्क्रिनिङ सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो’का अनुसार २९ वटा कम्पनीहरुको सेयर ‘५२ विक हाई’को वरपर छ ।

त्यसो त, पछिल्ला कारोबार दिनहरुमा सूचकमा उल्लेख्य सुधार देखिएको छ ।  बजार विश्लेषकहरुका अनुसार बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जानु, ब्याजदर घट्नु र कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख हुनुले सेयर बजारमा सुधार भएको हो । साथै, फागुन २१ गतेको निर्वाचनपछि नयाँ सरकार गठन हुने र सेयर बजार मैत्री नीति निर्माण हुनेमा  लगानीकर्ताहरु आशावादी छन् ।

५२ विक हाई नजिक पुगेका कम्पनीहरुको कारोबार मात्रा पनि बढ्दो क्रममा रहेको छ । यसले बजारमा संस्थागत तथा ठूला लगानीकर्ताको सक्रियता बढेको संकेत गर्ने विश्लेषण गरिएको छ ।

 

Leave Your Comment

Related News