काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर बिक्री गर्ने निर्णय गरेको छ । माघ ११ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले यस संस्थाको नाफामा रहेको हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार ९६० कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने जनाएको हो ।



