CLI

होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणमा जारी गर्न लागेको हो ।

होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा ४ लाख कित्ता आईपीओ जारी गरी बाँडफाँड समेत गरिसकेको छ ।

अब होटलले बाँकी रहेको ३६ लाख कित्ता आईपीओमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषहरूका लागि र ८० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यो आईपीओ बाँडफाँड गर्दा ३ लाख ३२ हजार आवेदकले १०÷१० कित्ताका दरले सेयर पाउनेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

Leave Your Comment

Related News