CLI

सुनचाँदीको मूल्यमा लगातार नयाँ कीर्तिमान, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी ब्यवसाय महंसघका अनुसार सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार  सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ४३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आज बजारमा चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारबार भएको थियो ।

 

Leave Your Comment

Related News