११ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब ३३ अर्ब, चार कम्पनीले १० अर्ब माथिको व्यापार गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आवको जेठ मसान्तसम्म १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन्।

यस अवधिमा चार जीवन बीमा कम्पनीले १० अर्ब रुपैयाँ भन्दा माथि बीमा शुल्क संकलन गरेका छन्।

सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ। यस अवधिमा कम्पनीले १३ लाख ९८ हजार ९१२ बीमा लेख बिक्री गरेर ३५ अर्ब ५६ करोड ३६ लाख ३९ हजार रुपैयाँ संकलन गरेको छ।

बीमा शुल्क संकलनको आधारमा नेशनल लाईफ इन्स्योरेन्स दोस्रो स्थानमा छ। कम्पनीले १६ लाख ४ हजार ९९५ बीमा लेख बिक्री गरेर १५ अर्ब ९८ करोड ३ लाख ९५ हजार रुपैयाँ संकलन गरेको छ।

लाइफ इन्स्योरेनस कर्पोरेशन (नेपाल)ले चालु आवको जेठ मसान्तसम्म १५ अर्ब ८९ करोड ५८ लाख ९३ हजार रुपैयाँ संकलन गरेको छ। तेस्रो स्थानमा रहेको कम्पनीले ६ लाख ८४ हजार २४ बीमा लेख जारी गरेको छ।

हिमालयन लाइफ इन्स्योरेन्सले ३ लाख ९३ हजार ५७९ बीमा लेख बिक्री गरेर १४ अर्ब ६४ करोड ९४ हजार बीमा शुल्क संकलन गरेको छ।

सबैभन्दा कम बीमा शुल्क सन नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ। कम्पनीले ११ महिनाको अवधिमा ८ लाख ४९ हजार १५१ बीमा लेख जारी गरि ३ अर्ब ३९ करोड २१ लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ।

यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड ६४ लाख ५३ हजार रुपैयाँ, मेट लाइफले ५ अर्ब ८ करोड ४१ लाख ८१ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब २ करोड ६२ लाख ७२ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सले ४ अर्ब ४ करोड ७८ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ६९ करोड ४१ लाख ९ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ५ अर्ब २९ करोड १२ लाख ८१ हजार रुपैयाँ, सुर्यज्योति लाइफ इन्स्योरेन्सले ८ अर्ब ६८ लाख ५६ हजार रुपैयाँ, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले५ अर्ब ३२ करोड ७७ लाख ४६ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब ७१ करोड ८९ लाख ६६ हजार रुपैयाँ बीमा व्यवसाय गरेका छन्।

जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीले १२ अर्ब २६ करोड ६३ लाख ३२ हजार रुपैयाँ संकलन गरेका छन्।

जेठमा मात्रै नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब १८ करोड १९ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार