काबुल । अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले दुई अर्व ५० करोड अफगानी (लगभग तीन करोड ८० लाख अमेरिकी डलर) बराबरका २१ वटा पूर्वाधार परियोजनाहरू स्वीकृत गरेको छ ।
आर्थिक मामिला उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ३३ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी २१ वटा स्वीकृत गरेको जनाइएको छ ।
स्वीकृत पहलमा पाँच वटा एयरपोर्टमा भन्सार कार्यालयहरूका लागि स्क्यानर खरिद, सडक निर्माण, पानीको बाँधको लागि डिजाइन र सम्भाव्यता अध्ययन, बिजुली आपूर्ति परियोजनाहरू, सार्वजनिक अस्पतालहरूको निर्माण, र बिजुली प्रसारण तथा वितरण परियोजनाहरूको कार्यान्वयन समावेश छ ।
यी परियोजनाहरू अफगानिस्तानको घरेलु बजेटबाट पूर्ण रूपमा वित्त पोषित छन्, जसको उद्देश्य चलिरहेको आर्थिक चुनौतिहरूलाई सम्बोधन गर्ने र देशको सवृद्धिको प्रयास बिच रोजगारी सिर्जनालाई बढावा दिने रहेको जनाइएको छ ।
आधिकारिक तथ्याङ्कले अफगान सरकारले सन् २०२५ मा राष्ट्रव्यापी रूपमा लगभग दुइ अर्व अमेरिकी डलर बराबरका ५६२ वटा विकास र पूर्वाधार परियोजनाहरूलाई अनुमोदन गरेको जनाएको छ ।


