CLI

५.०८ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक ५.०८ अंकले बढेको छ । बजार २७३१.५९ अंकमा पुगेरा बन्द भएको  छ। ३३४ वटा कम्पनीको सेयर कारोबोर भएको छ । जसमध्ये १४१ वटाको भाउ बढेको छ भने ११२ वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख २१ हजार ९९२ पटक कारोबार हुँदा २ करोड ३६ लाख १८ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।  यो रकम मंगलबारको तुलनामा २ अर्ब ६७ करोड ३२ लाख रुपैयाले कम हो । मंगलबार कारोबार रकम १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ थियो ।

यस दिन ८ वटा उप समूह बढेका छन् भने ५ वटा घटेको छन् । विकास बैंक ०.१४ प्रतिशत, वित्त १.२४, होटल्स तथा पर्यटन समूह ०.०५, जलविद्युत ०.९९, उत्पादन र प्रशोधन ०.४१, म्युअुचल फण्ड०.२५ ,अन्य समूह ०.३० र व्यापार समूह ०.२२ प्रतिशतले बढेका छन्। बैंकिङ ०.१० प्रतिशत लगानी ०.१६, जीवन बीमा ०.०९, लघुवित्त ०.१४ र निर्जीवन बीमा ०.०७ घटेका छन् ।

यस दिन दुई स्टकको सेयर १० प्रतिशतले बढेको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। त्यस्तै,मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.५१ प्रतिशत बढेको छ ।  पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी  पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८३ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड ३६ लाख रुपैयाँपुगेको  छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको सेयर खरिदबीक्री भएको छ।

Leave Your Comment

Related News