CLI

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट सहित पाँच जना विरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको छ ।

अख्तियारले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सोही पालिकाभित्र रहेको सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी सहित पाँच जना विरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टचार मुद्धा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत विष्ट र अध्यक्ष अधिकारी सहित  प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, गाउँपालिकाको सव इन्जिनियर किरण भण्डारीविरूद्ध मुद्दा चलाइएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

अख्तियारले  रमेशबहादुर अधिकारी, धनबहादु र हर्कबहादुरसँग २६ लाख ५४ हजार, रमेशबहादु विष्ट र सव इन्जिनियर किरणसँग २० लाख रूपैयाँ बिगो माग दाबी गरेको छ।

Leave Your Comment

Related News