CLI

ईङवा हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी बढ्यो, कमायो १ करोड ३५ लाख नाफा

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ लाख ९६ हजार नोक्सानी व्यहोरेको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफामा सुधार आएको हो । पुसमसान्तसम्म कम्पनीले १५ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्षको पुसमा कम्पनीले १३ करोड १ लाखको विद्युत बिक्री गरेको थियो ।

यता, वित्तीय खर्च भने ७ करोड २ लाखबाट घटेर ५ करोड ९६ लाख कायम भएको छ । यता, अन्य आम्दानी पनि ८९ लाखबाट झरेर १ हजार कायम भएको छ । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस हाइड्रोपावरको अन्य इक्विटीमा १ करोड १८ लाख ऋणात्मक छ ।

संस्थाको प्रतिसेयर आम्दानी ४.५० रुपैयाँ छ । भने प्रतिसेयर नेटवर्थ ९८.०२ रुपैयाँ छ ।

Leave Your Comment

Related News