काठमाडौं । अन्तिम कारोबार दिन बहीबार १७.५३ अंकले नेप्से परिसूचक घटेको छ । बजार २७१४.०५ अंकम पुगेरा बन्द भएको छ। ३२० वटा कम्पनी सेयर कारोबार भएको छ । जसमध्ये ८५ वटाको भाउ बढेको छ भने १७० वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख ३८ हजार ८८३ पटक कारोबार हुँदा ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यो रकम बुधबारको तुलनमा ३ अर्ब ६ करोड ९२ लाख रुपैयाँले बढी हो । बुधबार कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख थियो ।
यस दिन १० वटा उप समूह घटेका छन् भने ३ वटा बढेका छन् । बैंकिङ ०.४७ प्रतिशत, विकास बैंक २.२२, वित्त १.७५, होटल्स तथा पर्यटन समूह १.२९, जीवन बीमा ०.६३, उत्पादन र प्रशोधन २.१२, लघुवित्त०.६०, ,निर्जीवन बीमा ०.६०,अन्य समूह १.१४ र व्यापार समूह ०.१७ प्रतिशतले घटेका छन्। म्युअुचल फण्ड ०.३६,जलविद्युत ०.३८ र लगानी ०.०५ प्रतिशतले बढेका छन।
यस दिन हिमाल दोलखा हाइड्रोपावर कम्पनी ९.२३ प्रतिशतले बढेको छ । शिवश्री हाइड्रोपावर ९.१९, कालिका पावर कम्पनी ८.३२ प्रतिशतले बढेको छ ।
कारोबार रकम अधारमा ङादी ग्रुप पहिलो स्थानमा रहेको छ । सो कम्पनीको ५९ करोड ९९ लाख को कारोबार भएको थियो । एसवाई प्यानल नेपालको ५२ करोड २९ लाख , युनाइटेड मोदी हाइड्रोपावर ४६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।


