CLI

हिमपातपछि लोमान्थाङमै रोकिए कन्टेनर

काठमाडौं । हिउँ परेपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेचुङ भन्सारमा कन्टेनरहरू रोकिएका छन् ।

सोमबार साँझ सामान लिन गएका कन्टेनरहरू राति भारी हिमपात भएपछि कोरला नाकामै रोकिएका हुन् ।  मंगलबार र बुधबार देशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातसँगै वर्षा भएको छ । यो वर्षको पहिलो हिउँदे वर्षा  र हिमपात भएपछि हिमाली तथा उच्च पहाडी भेगका किसानहरू भने खुसी भएका छन् ।

Leave Your Comment

Related News