CLI

मोलुङ्ग हाइड्रोपावरको साढे ५३ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १८ गतेपछि सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ८ लाख २ हजार ५०० कित्ता सेयरको लइकन अवधि सकिन लागेको हो।

सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावितको सेयर लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम यी सेयर लइकनमा रहेका छन्। कम्पनीले २०७९ फागुन १९ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो। लकइन अवधि सकिएपछि यी शेयर कारोबार गर्न सकिनेछ।

Leave Your Comment

Related News