CLI

करिब २० अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । आइतबार नेप्से परिसूचक १९.८५ अंकले घटेको छ ।  बजार २६९५.२० अंकम पुगेरा बन्द भएको छ। ३२९ वटा कम्पनी सेयर कारोबार भएको छ । जसमध्ये ५० वटाको भाउ बढेको छ भने २०१ वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख १० हजार ७२८ पटक कारोबार हुँदा २ करोड २० हजार ६० हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ पुगेको छ । यो रकम बिहीबारको तुलनमा ५ अर्ब ४५ करोड ३७  लाख रुपैयाँले कम हो । बिहिबार कारोबार रकम १४ अर्ब ५६ करोड ३१ लाख थियो ।

यस दिन १२ उप समूह घटेका छन् भने १ उप समूह बढेको छ । बैंकिङ ०.४२ प्रतिशत, विकास बैंक ०.७५, वित्त ०.४४, होटल्स तथा पर्यटन समूह १.७५, जलविद्युत १.३६, लगानी ०.९६, जीवन बीमा ०.५२, उत्पादन र प्रशोधन०.७६, लघुवित्त ०.५७, म्युअुचल फण्ड ,निर्जीवन बीमा ०.६३ र अन्य समूह ०.९२ प्रतिशतले घटेका छन्। व्यापार समूह ०.५५ प्रतिशतले बढेको छ ।

यस दिन मिथिला लघुवित्तको ९.७० प्रतिशत बढेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स ८.१९ , एनआईबिएल ग्रोथ फण्ड ६.५१ , शिव श्री हाइड्रोपावर ६.०७ र आँखुखोला जलविद्युत ४.६२ प्रतिशतले बढेका छन् ।

कारोबारको आधारमा आँखुखोला जलविद्युत पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ५३ करोड ६४ लाख रुपैयाँ, राधी विद्युत कम्पनीको कारोबार रकम ३८ करोड ९८ लाख रुपैयाँपुगेको  छ  ।

Leave Your Comment

Related News