काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भन्सारको वैदेशिक हुलाक भन्सार शाखका अधिकृत न्यौपाने,सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखामा कार्यरत नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई २ लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानको अनुसार उनीहरुबाट घुस /रिसवत एवं स्रोत नखुलेको रकमसहित र २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको।
न्यौपाने सहित तीन कर्मचारीहरुले कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले देहायका दशी प्रमाणसहित निजहरुलाई गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो । उनीहरु थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
अख्त्यिारले वैदेशिक हुलाक भन्सार शाखा डिल्लीबजार, काठमाडौंमा कार्यालय कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसररिसवत बापत लिइसकेको रकम १० हजार फेला पारेको थियो भने सोही घर्राबाट स्रोत नखुलेको रकम ४० हजार ३५० र निजको साथबाट स्रोत नखुलेको रकम ९६ हजार ७० रुपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० सहित नियन्त्रणमा लिइएको हो ।
अख्तियारले नासु छवि प्रसाद रिजालको साथबाट घुसररिसवत बापत लिइसकेको रकम र २० हजार स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ रुपैयाँ र अन्य स्रोत नखुलेको रकमसमेत गरी जम्मा २ लाख ६८ हजार २८८ रुपैयाँ० तथा बिभिन्न व्यक्तिहरुबाट मोबाइल सेट थान(२३ समेत नियन्त्रणमा लिइएको हो ।


