CLI

१.५३ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरवाट

काठमाडौं । सोमबार नेप्से परिसूचक १.५३ अंकले बढेको छ ।  बजार २६९५.७३ अंकम पुगेरा बन्द भएको छ। ३३० वटा कम्पनी सेयर कारोबार भएको छ । जसमध्ये ११४ वटाको भाउ बढेको छ भने १३४ वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन ९१ हजार ६१ पटक कारोबार हुँदा १ करोड ७५ हजार ७ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यो रकम आइतबारको तुलनमा ८८ करोड ५५  लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम ८ अर्ब १० करोड ९४ लाख थियो ।

यस दिन ५ उप समूह बढेको छन् भने ८ उप समूह घटेका छन्  । विकास बैंक ०.७२ प्रतिशत,  होटल्स तथा पर्यटन समूह १.७७, , उत्पादन र प्रशोधन०.७६,निर्जीवन बीमा १.४६ र व्यापार समूह ०.०२ प्रतिशतले बढेका छन्। बैंकिङ ०.०९ प्रतिशत,वित्त ०.८९ ,जलविद्युत ०.१३, लगानी ०.१९, जीवन बीमा ०.३५, लघुवित्त ०.१६, म्युअुचल फण्ड०.१० र अन्य समूह ०.२५ प्रतिशतले घटेका छन् ।

यस दिन ३ कम्पनी १० प्रतिशतले बढेका छन् । एसवाई प्यानल नेपाल , श्रीनगर एग्रीटेक र हिमस्टार उर्जा कम्पनी  १० प्रतिशतले बढेका छन् । सान्भि इनर्जी ९.९४ , बन्दीपुर केवलकार ९.९३ प्रतिशतले बढेका छन् ।

कारोबारको आधारमा आँखुखोला जलविद्युत पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ३८ करोड ५० लाख रुपैयाँ, बन्दीपुर केवलकार २८ करोड ४१ लाख ,  राधी विद्युत कम्पनीको कारोबार रकम २८ करोड ९६ लाख रुपैयाँपुगेको  छ  ।

Leave Your Comment

Related News