CLI

केपी ओली, गगन र आरजुलगायतको नाम दुरुपयोग गरी अमेरिकी नागरिक ठगी धन्दामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै ठगी गरेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

ति व्यक्तिले अन्तराष्ट्रियस्तरमा फन्ड उठाउने उद्देश्यले कलेजको वेभसाइटमा विभिन्न दलका नेताहरूलाई ‘आवर डाइनामिक टिम’ भनेर नाम उल्लेख गरी परिचयको दुरुपयोग गरेको अध्यागमनले जनाएको छ।

उनले आफ्नो कलेजको टिममा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जना नेताहरूको नाम समावेश गरेको पाइएको विभागका प्रवक्ता टिकाराम ढकालले जानकारी दिए ।

यसै गरी लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरूको समेत नाम उल्लेख गरेको अनुसन्धानमा खुलेको छ।

सो कलेजले अध्यापन गराउने विषयहरू कोरियन स्टडिज, एआइ सफ्टवेयर इन्जिनियरिङ्, बिजनेस् स्टडिज आदि देखाइएको कलेजको वेभसाइटमा उल्लेख छ।

सन् २०१४ देखि विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गरेका उनले करिब १२ वर्षको अवधीमा ५० भन्दा बढीपटक नेपाल भ्रमण गरेका छन्।

ति अमेरिकी नागरिक पर्यटक, वर्किङ्, व्यावसायिक लगायतका भिसामा नेपाल बस्ने गरेको पाइएको छ।

 

Leave Your Comment

Related News