काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी पनि १३५ रुपैयाँले बढेको छ । बजारमा चाँदि प्रतितोला ५ हजार ३३५ रुपैयँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँ थियो ।


