असार २४ बाट समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार हुने

काठमाडौं ।समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति पश्चात  असार २४ बाट एकीकृत कारोबार हुने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार भएको हो  ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्बन्धि सम्झौता गत भदौ ७ मा भएको थियो ।गाभने गाभिने कम्पनीले नेपाल राष्ट्र बैंकबाट जेठ २९ गते र नेपाल धितोपत्र बोर्डबाट असार ९ गते प्राप्ति सम्बन्धी अन्तिम पाएका थिए

प्राप्तिपछि कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका- ७, काभ्रेपलाञ्चोकमा रहने छ । असार २४ गतेदेखि  दुबै कम्पनीको एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेसन कार्यको लागि असार २३ गतेका दिन दुबै कम्पनीका आ-आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै गरिने सम्पूर्ण बैकिङ्ग कारोबार भने बन्द रहने कम्पनीले जनाएको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार