CLI

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी। एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

Leave Your Comment

Related News