CLI

प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत महामहिम रुवान्थी डेल्पिटियाले बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेकी छिन् । सो अवसरमा आपसी द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो। भेटका क्रममा सम्माननीय प्रधानमन्त्रीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

Leave Your Comment

Related News