काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यस कम्पनीले ६२ करोड २२ लाख नाफा आर्जन गरेको थियो ।
कोषको खुद ब्याज आम्दानी १९ करोड ३३ लाखबाट घटेर १७ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । सेवा शुल्क तथा कमिसन आम्दानी भने ८१ करोड १ लाखबाट बढेर ८३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।
चुक्ता पुँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १२ अर्ब २८ करोड रुपैयाँ जम्मा छ । कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ रहेको छ । आरओआई ४.४९ प्रतिशत छ ।


