CLI

सिटिजन लाइफको नाफा २३ करोड १५ लाख, बिमा शुल्क संकलन बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस कम्पनीको खुद बिमा शुल्क संकलन ३ अर्ब १८ करोडबाट बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी ९५ करोड ६ लाख रुपैयाँबाट बढेर १ अर्ब १ करोड पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । बिमाले ३ अर्ब ८५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३५ करोड ६५ लाख रुपैयाँ रहेक छ । सेयर प्रिमियममा भने ४४ करोड ९६ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News