काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५२ लाख ९३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५ करोड ३७ लाख रुपैयाँ नाफामा थियो।
लगानी बिक्रीबाट हुने आम्दानी घटेको छ । लाभांश आम्दानी पनि घटेको छ । जसकारण नाफा प्रभावित भएको हो । १ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ९६ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.५९ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १७४.४९ रुपैयाँ रहेको छ।


