कोशी,बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ।

देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी  भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ  |

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार